धुमधामका साथ मनाइयो माघी र मकरशक्रान्ति

धर्म संस्कृति

नेपालगंज: थारु जातिको महान पर्वको रुपमा रहेको माघी एस वर्ष पनि धुमधामका साथ मनाएका छन धनि गरिब जे जस्तो भएपनि भब्य रुपमा मनाउने यो चाडलाई थारु स्वतन्त्रता दिवस को रुपमा समेत मनाउछन । सधैँ खेतीपातीमा व्यस्त रहने हुनाले उनीहरूले वर्षमा एक दिन माघीलाई मुक्तिको दिनका रूपमा पनि मनाउँछन् । 

बाँके र बर्दियाका का भिभिन्न ठाउका थारु समुदायका महिला, पुरुषले आफ्नै संस्कृति झल्किने भेषभुषामा सजिएर चामलको ढिक्री, घोङ्गी, सुँगुरको मासु, अनदीको जाँड र रोटी, तरुल, गन्जी, माछा खाइ मघिलाई भब्य रुपमा मनाएका छन ।  माघी कहाँ बाट र कसरी मनाउन सुरु भयो भन्ने बिषयमा थारु जातिको परिवारमा हुने दैनिकी को ब्यबस्थापन लुगा फाटो, अन्न, पैसा , बिबाह बन्धन जस्ता कार्यको लागि जिम्मेबारी कस कसलाई दिने भनेर परिवारका सदस्यले घरमुली चुनि तेसै खुसीमा आफ्ना आफ्ना नयाँ नयाँ पोसाक लागाई नाँच गान गरी मकर शक्रान्ति का दिनलाई माघी का रुपमा मनाउन थालेको किम्बदन्ती प्रसिद्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *