नेपाल, बाहिर बाट झट्ट हेर्दा कहिले कसैको गुलाम नभएको स्वतन्त्र राष्ट्र, स्वाभिमानी नेपाली कहिले अरुको अधिनमा नरहेका, बिर गोर्खाली भनेर संसारमा नाम राख्न सफल तर आज सबै बेचिएको छ। युवा जति सबै युरोप अमेरिका र खाडीमा बेचिएको छ। चाहे त्यो उच्च शिक्षा हासिल गर्ने नीउमा होस वा उत्पादन, कृषि छेत्रमा काम गर्न जाने कामदारको रुपमा होस आखिर सबै बेचिएका छन।
हाम्रा आमा दिदीबहिनी हरु कोहि बम्बाई को कोठीमा पुगे कोहि अरब र साउदीमा पुगे कतिले इराक, लेबनानमा नरकीय जीवन बीताउदै छन। यी सबै लाइ बेच्ने अरु कोहि होइनन हाम्रै वरिपरी रहेका हामीले कुनै न कुनै रुपमा मानेका मानिस हुन जसले आफ्नै आमा दिदीबहिनी बेचे के तीनीहरु मानिस हुन ?
देशमै हेर्दा पनि चुनाबमा जनता भोट बेच्छन। कर्मचारी आफ्नो जिम्मेबारी र नैतिकता बेच्छन। प्रहरी पैसा र पावरमा बर्दी बेच्छ। न्यायधिस न्याय बेच्छन भ्रष्टाचार हुन नदिन निगरानी गर्ने अख्तियार दुरुपयोग आफै डुंग दुंगी गन्हाएको छ। राजनीतिक दल र तिनका आसेपासे देश कंगाल बनाएर भएपनि सम्पन्न हुन परेकै छ बिदेशी रीजाउन देश बेचेकै छन।
महाकाली बेचे, नारायणी बेचे , उद्योग कलकारखाना बेचे अब बाकीं केहि छैन, १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन को एउटा मात्र उपलब्धी सबै बेच्न सजिलो भो आहा क्या गजबको देश जसले जे बेचेपनी हुने।