मोटरसाइकल चोरीमा संलग्न पक्राउ

समाचार

नेपालगंज जेठ २८ गते। जिल्ला प्रहरी कार्यालय बाँके ले मोटरसाइकल चोरीमा संलग्नलाइ पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको छ।

०८१ वैशाख २२ गते राती बाँकेको नेपालगंज – १८ सोल्टि होटल नजिकबाट भे १३ प १६३४ नम्बरको स्कुटर हराएको भनि निबेदन प्राप्त भएपश्चात खोजतलास गर्ने क्रममा जेठ २५ गते बाँकेको जानकी गा.पा. ३ ईन्द्रपुरबाट जानकी गा.पा. ३ बस्ने रमजान यादव र नेपालगंज – ३ बस्ने मोहम्मद जिसान्त सिद्दिकिले उक्त स्कुटरको नम्बर परिवर्तन गरि प्रयोग गरिरहेको अवस्थामा फेला पारी चोरी कसूरमा बाँके जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *