नेपालगंज । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ ।पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन २ मा पार्टी सभापति रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको छ। नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले रबि लामिछानेको प्रतिनिधि सभा सदस्य खारेज गरे पछि चितवन २, रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेको तनहुँ १ र रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा उप निर्बाचन हुन लागेको छ।
![](https://nagarikdhar.com/wp-content/uploads/2023/04/338834219_225753573456682_6916068380600141523_n.jpg)