नक्कली प्रहरी बनेर ब्यबसायी धम्क्याउने चितवनबाट पक्राउ

समाचार

चितवन: विशेष प्रहरीको परिचयपत्र देखाउँदै ब्यबसायी हरुलाई धम्क्याउने चार जनालाई प्रहरीले चितवन खैरहनी नगरपालिका र भरतपुर महानगरपालिका बाट पक्राउ गरेको छ।


व्यवसायी हरुलाई यो वा त्यो बाहानामा धम्क्याउने पैसा असुल्ने जस्ता काम गर्दै आएका उनीहरूको नक्कली प्रमाणपत्र भरतपुर महानगरपालिका का २२ वर्षीय खुमबहादुर थापा ले बनाउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए।


पक्राउ पर्ने खुम बहादुर थापा,संजीव कुमार मिश्र, सच्चिन ज्ञवाली र सुजन सिलवाल लाई जिल्ला अदालत बाट म्याद थप गरी थप अनुसन्धान गरिने प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *