विद्यार्थी भर्नाको लक्ष्य प्राप्ति संगै खुसि साट्दै जी.भी.एन कलेज

शिक्षा

नेपालगंज बि पी चोक अबस्थित जी भी एन कलेजमा शैक्षिक सत्र २०८० /८१ को लागि विद्यार्थी भर्ना अभियान उत्साहपुर्बक सफल भएको छ। सोहि अबसरमा कलेजका प्रमुख कार्यकारी अधिकृत गणेश भण्डारी सहित कर्मचारीहरुको उपस्थितिमा केक काटी खुसि साटा साट गरिएको छ।

कलेजका प्रमुख कार्यकारी अधिकृत भण्डारी ले भर्ना अभियान सफल पार्न भूमिका खेल्नुहुने सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सबै सहयोगी निकायहरुलाई धन्यवाद दीएका छन ।

अगिल्ला बर्षहरु देखिनै अब्बल नतिजा दिन सफल एस जी भी एन कलेजले हालै प्रकाशित कक्षा १२ को नतिजामा ९९ प्रतिशत बिधार्थी उत्रीण गराउन सफल भएको छ।धन्यवाद ज्ञापन गर्दै सी.इ.ओ भण्डारीले थपे “हामि केवल नतिजा मात्र होइन सफल करियरको लागि आवस्यक पूर्ण प्रयोगात्मक, ब्यबहारिक ज्ञान प्रदान गर्नु हाम्रो प्रमुख लक्ष्य हो। हरेक संकायका विद्यार्थीहरुलाई उनीहरुको बिषय संग सम्बन्धित ब्यबहारिक ज्ञान दिनु हामीले हाम्रो दायित्व सम्झेका छौ।” विज्ञान, ब्यबस्थापन, र कानुन संकाय मा दक्ष र अनुभुबी शिक्षक- शिक्षिका द्वारा पठन पाठन गराइने एस कलेजमा बिद्धार्थी ले अत्यन्तै प्रतिस्पर्धात्मक, ब्यबहारिक र जीवन उपयोगी शिक्षा हासिल गर्ने गरेको कलेजका प्रमुख कार्यकारी अधिकृत गणेश भण्डारी ले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *