पाल्पा दुर्घटना,मृतक छ जनाकै परिचय खुल्यो

समाचार

बुटवल : पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाएका छ जनाकै परिचय खुलेको छ।

दुर्घटनामा पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका-१६ की ५५ वर्षीया पार्वती लोहनी, ६५ वर्षीय कृष्ण लोहनी, ११ वर्षीय सविस लोहनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

कार्यालयका अनुसार, साढे २ वर्षका इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङकाे बेसीसहर नगरपालिका-२ की ५५ वर्षीया चुना धितालको पनि ज्यान गएको छ।

दुर्घटनामा घाइते भएका चालक ३६ वर्षीय ईश्वर लोहनीको तानसेनमा रहेकाे युनाइट मिसन अस्पतालमा उपचार भइरहेको छ।

पर्यटकीय स्थल रानीमहल दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१-०२६ च-७२०९ नम्बरको जीप आइतबार बैकुण्ठे भीरबाट खोलामा खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *