बबण्डर पहिलाको सन्नाटालाई शान्ति नसोचियोस – संघर्ष समिति

आर्थिक समाचार

नेपालगंज: व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति बाँके/ बर्दिया ले व्यवसायी हरुले शान्तिपूर्णरुपमा राखेका माग हरुलाई सामान्य ठानी व्यवसायीका मागहरुलाई लत्याउने काम नगर्न नेपाल सरकार र राष्ट्र बैंक दुबैलाई सचेत गराएको छ.

नेपालगंज उद्योग बाणिज्य संघ को अगुवाइमा बाँके र बर्दिया जिल्लाका सबै स्थानीय तहमा रहेका उद्योग बाणिज्य संग र विभिन्न बस्तुगत संघ हरु एकबद्ध भइ सरकारको अव्यवहारिक कर नीति तथा राष्ट्र बैंक एबम बैंक तथा वितिय सस्थाको मनोमानी बिरुद्ध एकबद्ध भइ आन्दोलनमा उत्रिएका छन ।

पांच हजार एक जनाको मूल समिति तथा एकाउन्न सदस्यीय सचिवालय गठन गरि बिभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको संघर्ष समिति ले आज नेपालगंज उद्योग बाणिज्य संघका महासचिब भीमबहादुर रानाभाट को नेतृत्वमा बाँके अटोमोबाइल एसोसिएसन का अध्यक्ष नरेन्द्र बहादुर ओली, कार्य समिति सदस्य तथा प्रदेश कोषाध्यक्ष चद्रदिप जोशी , व्यवसायीक सरोकार मंच बाँके का संयोजक देवानन्द अर्याल, सचिव शंकर न्यौपाने , घरेलु महासंघ कोहलपुर नगर अध्यक्ष हेम बिक्रम जि सी , दुग्ध व्यवसाय संघ बाँके अध्यक्ष दीपक भण्डारी लगाएतको टिमले उद्योग बाणिज्य संघ गुलरिया, राजापुर, गेरुवा,बढैयाताल,मधुबन संग भेटघाट गरि आगामी आन्दोलन का कार्यक्रमका बिषयमा गम्बिर छलफल गरिएको व्यवसायीक सरोकार मंच बाँके का संयोजक देवानन्द अर्याल ले नागरिक धार लाई बताए,।

बाँके अटोमोबाइल एसोसिएसन का अध्यक्ष नरेन्द्र बहादुर ओली ले थपे ” हाम्रो आन्दोलनको यो शान्तिपूर्ण रुप हो र यो बबण्डर पहिलाको सन्नाटा हो यसलाई कमजोर सम्झिने चेस्टा सरकारले नगरोस अन्यथा शान्तिपूर्ण आन्दोलन कतिबेला रक्तपातमा बदलिन्छ कुनै निश्चित हुदैन”

करनीति अव्यवहारिक हुदा ठुला देखि साना सम्म सबै त्यसको चपेटामा पर्ने हुदा व्यवसाय र व्यवसायी बचाए मात्र देश बाच्ने संघर्ष समिति को जिकिर छ। आगामी दिनमा कोण सभा एबम बृहत आमसभा हुदै व्यवसाय बन्द सम्मका कार्यक्रम संघर्ष समितिले घोसणा गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *