घटनाको वास्तविकता प्रहरी, प्रशासनले लुकाएको भन्दै पिडित पक्षको प्रदर्शन

समाचार

नेपालगंज: अंग्रेजी नयाँ बर्ष सुरु भएकै राति नेपालगंज कारकाँदोस्थित सु.प्र.प्र ०१-००१ प ३४६४ नम्बरको स्कारपीयोले ठक्कर दिदा पैदल यात्री २२ बर्षिया आस्था शाह र मायाँ राम चौधरी को मृत्यु एबम २४ बर्षिया साहना शाह घाइते भएको घटनामा प्रहरीले घटना लुकाउन र वास्तविक घटना घटाउने अभियुक्त बचाउन खोजेको भन्दै पिडित पक्षले दुर्घटनास्थल मै आई प्रदर्शन गरेका छन।

बाटोमा टायर बालि नारा जुलुस गर्दै प्रदर्शन गरिरहेका उनीहरुले ३ दिन बितिसक्दा समेत प्रहरी ले वास्तविक घटनाकार सार्बजनिक नगर्नु र अभियुक्त बचाउने प्रपन्च गर्नु नीकै दुखद भएको बताए।

बिरोध प्रदर्शन को कारण के हो भनि हामीले गरेको प्रश्नमा प्रदर्शन कारी ले भने : हामि संग केहि प्रत्यक्षदर्शी छन उनीहरुका अनुसार मदिरा सेवन गरेका चालक सहित अन्य युवा युवती समेत भएको तर प्रहरीले अहिले सम्म ति युवा युवती को थीए सार्बजनिक नगरेको हुदा अभिलम्भ सार्बजनिक गरि कारबाहीको दाएरामा ल्याउनदबाब स्वरूप प्रदर्शन गरेका हौ।

सोहि बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता डी एस पी नारायण डाँगी संग घटना बारे बुझ्दा प्रहरी ले कानुन बमोजिम आफ्नो अनुसन्धान गरिरहेको, चालकलाई नियन्त्रणमा लीइ अदालत द्वारा म्याद थप गरि थप अनुसन्धान गरिरहेको नागरिक धार लाई बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *