जनप्रतिनिधिको बहिष्कारले डुडुवा गाउँपालिकाको गाउँसभा स्थगित

समाचार

नेपालगंज: बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले योजना बाडफाड मा विभेद, आयब्ययमा अपारदर्शी , खाजा, इन्धन, बिद्यालयको दिवाखाजा, कर्मचारी भर्नालगायतका बिषयमा भ्रष्टाचार गरेको भन्दै २ जना वडा अध्यक्ष, ५ जना कार्यपालिका सदस्य र १० जना वडा सदस्य सहित कार्यपालिकाका बहुमत सदस्यले हिउँदे गाउँसभा बहिस्कार गरेका छन् ।

१८ जना जनप्रतिनिधि सदस्यले रजिस्टरमा माइनुट लेखेर हस्ताक्षर सहित गाउँसभा बहिस्कार गरेको जानकारी गाउँपालिकालाई दिएपछि गाउँसभा स्थगित भएको छ । गाउँसभा बहिस्कार गर्नेमा वडा ५ र ६ का वडा अध्यक्ष सहित कार्यपालिका सदस्य र वडा सदस्य रहेका छन। गत वर्ष पनि यस्तै प्रकारका विवादका कारण डुडुवा गाउँपालिकाको असार १० भित्र हुने गाउँसभा पुस ४ गते र बिशेष गाउँसभा जेठमा सम्पन्न भएको थियो ।

यस बिषयमा थप बुझ्न खोज्दा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले पुग्नु पर्ने संख्या नपुगेकोले स्थगित गरिएको र आफुलाई लगाइएका आरोप निराधार रहेको नागरिक धार लाई बताए।

 

सो बारेमा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीसँग प्रतिक्रिया माग्दा कोरम नपुगेकाले गाउँसभा स्थगित गरिएको जनाउँदै आफूमाथि लगाइएका आरोपहरु निराधार रहेको बताउनुभयो । गत वर्ष पनि सोही प्रकारको विवादका कारण डुडुवा गाउँपालिकाको असार १० भित्र हुने गाउँसभा पुस ४ गते र बिशेष गाउँसभा जेठमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *