नेपालगंज जेठ ८ गते। नेपालगंजमा हिजो साँझ आएको भीषण हावाहुरीका कारण सयौ बढी विद्युतका पोल र कारीब आधादर्जन बढी ट्रान्सफर्मर ढलेर क्षतिग्रस्त भएपछि नेपालगंज आसपासका अधिकांश स्थानको विद्युत् सेवा अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेका अनुसार हावाहुरीले विभिन्न ठाउँका ट्रान्सफर्मर ढालेर क्षति पुर्याउँदा विद्युत् सेवा अवरुद्ध भएको बताएका छन् । अवरुद्ध विद्युत संचालनका लागि टोलि परिचालन गरिएको मर्मत सम्भार गनुपर्ने र चुँडिएका तार जोड्ने कार्य तीव्र गतिमा भइरहेकोले आज बेलुकासम्म नेपालगन्ज बजारको विद्युत् पूर्ण रूपमा सुचारु हुने नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताए ।