नयाँ शैक्षिक सत्र सुरु- नानि बाबुहरुलाई नियमित बिधालय पठाउन प्रधानमन्त्रीको आह्वान

शिक्षा

नेपालगंज: नयाँ शैक्षिक सत्र २०८१ को बिद्धार्थी भर्ना आज देखि सुरु भएको छ। यसै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् ।

हाम्रो संबिधान मै ब्यबस्था भएको शिक्षाको हकलाई कार्यान्वयन गर्न विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले शैक्षिक सत्र २०८१ मा देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेको जानकारी गराएका छन् । यो महत्वपूर्ण प्रबन्धका निम्ति उनले नेपाल सरकारको तर्फबाट सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

उनले गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि नेपाल सरकारले विभिन्न प्रयासहरु गर्दै आएको पनि बताएका छन् । नेपाल सरकारले वर्षेनी विद्यालय शिक्षामा ठूलो लगानी गरेको र शिक्षाको मौलिक हकलाई कार्यान्वयनका निम्ति विकास साझेदारहरु, नागरिक समाज एवं निजी क्षेत्रबाट गरिएको योगदान उल्लेख्य रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *