समुदायमा कांग्रेस- कार्यकर्ताको प्रश्नले अतालिए गगन थापा

समाचार

नेपालगन्ज : नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कांग्रेसका नेता तथा कार्यकर्ता द्वारा प्रश्नको ओइरो लागेको छ ।

समुदायमा कांग्रेस कार्यक्रम अन्तर्गत बाँकेको नेपालगन्जमा पुर्व मेचीदेखि अभियान सुरु गरेका महामन्त्री थापालाई कार्यकर्ताको प्रश्नको ओइरो वर्षा भएपछि थापालाई जवाफ फर्काउन हम्मेहम्मे परेको हो ।

धेरैजसो कार्यकर्ताले कांग्रेस सुध्रिनु पर्ने सल्लाह सुझाव दिएका छन् भने उनीहरुले कांग्रेसका सक्रिय सदस्यहरु इमानदार भए कांग्रेसले जुनसुकै चुनावमा पनि सजिलोसँग जित हासिल गर्न सक्ने तर उनीहरू त्यति इमानदार नभएको भन्दै महामन्त्री थापाले यसको समाधान गर्नुपर्ने बताएका छन् ।

शिक्षा, स्वास्थ्य, बाटोघाटो, शारीरिक अपांगता भएका व्यक्तिहरुले समेत प्रश्नहरु सोधेका हुन् । महामन्त्री थापाले आफुलाई समुदायमा कांग्रेस कार्यक्रमले संसद भवन भित्र उठान गर्ने थुप्रै प्रश्नहरु मिलेको बताउदै तत्काल राजधानी फर्के लगत्तै प्रधानमन्त्री समक्ष जनताका कुराहरु समावेश गर्न बजेट छुट्याउन पहल गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *