ओलीले १० हजार करोडको काण्ड लुकाउन न्युरोडमा आक्रमण गरे-बालेन

समाचार

काठमाडौँ जेठ २१ गते । काठमाडौँ महानगरपालिका मेयर बालेन साह ले नेकपा एमालेका अध्यक्ष एबम पूर्व प्रधानमन्त्री के पी शर्मा ओली लाइ गिरीबन्धुको १० हजार करोडको काण्ड लुकाउन न्युरोडमा महानगरले गर्न लागेको काम बिथोली जनतालाई भ्रमित पारेको आरोप लगाएका छन ।

सामाजिक संजाल फेसबुकमा बालेन लेख्छन ।

“१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ” भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।

यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *