नेपालगन्ज असार १६ गते। नेपालगन्जको भौतिक तथा सामाजिक विकासका लागि उपमहानगरको वडा नम्बर एक अग्रणी स्थानमा रहेको छ । सहरको मुख्य केन्द्र बिन्दु पुस्पलाल चौक देखि सुर्खेतरोड मुख्य बजार धम्बोझी चौक, राष्ट्रबैंक, गुलरिया रोड हुदै नन्दनी मिल देखि उत्तर तेजनगर, विशालनगर देखि वाटरपार्कसम्मको परिधिभित्र रहेको यो वडा भौतिक विकासको प्रचुर सम्भावना, सामाजिक र धार्मिक मेलमिलापको उदाहरणीय समाज तथा जातीयताको हिसाबले समाबेसिताको अनुपम स्थल मानिएको छ । गणतन्त्रको आगमन पश्चात छोटो समयमा अन्य क्षेत्रको तुलनामा द्रुतगतिमा सुविधायुक्त सडक, खेलमैदान, वाटरपार्क, वडा कार्यालय, बाल उद्यान आदि निर्माण सम्पन्न भएको छ भने शैक्षिक, सामाजिक, धार्मिक क्षेत्रमा समाबेशी सिद्धान्तको रुपमा हातेमालो भएको देखिन्छ ।
यस एक नम्बर वडाले उपमहानगरको चालू आर्थिक बर्ष २०८०/८१ को विकासको बजेटबाट उल्लेख्य रुपमा आफ्नो वडाबासीको चाहना अनुरुप काम गर्न उपलब्ध स्रोतलाई अति सुक्ष्म रुपमा परिचालन गर्दै उपमहानगरमै अग्रणी बन्ने क्रममा रहेको छ । पिछडिएको क्षेत्र, दलित, जनजाति, मुस्लिम, महिला वर्गको हितको लागि शिपमुलक तालिम दिने, मन्दिर मस्जिद आदि धार्मिक क्षेत्रमा हातेमालो गरि संरक्षण सम्वर्धन गर्ने, योगा तथा ओमशान्ति केन्द्रमा सहयोग, जेष्ठ नागरिक सभाहलमा सहयोग जस्ता महत्त्वपूर्ण कार्यमा सरिक भएको छ भने शैक्षिक कार्यक्रममा हातेमालो गरेको छ ।भौतिक पूर्वाधार निर्माण तर्फ माटो पटान, ग्राबल,पिसिसी, नालि निर्माणमा वडाले आर्थिक बर्ष समाप्त हुनु अगावै अपेक्षा अनुसार कार्यसम्पन्न गर्न सफल भएको छ ।
आर्थिक बर्ष २०८०/८१ को लागी कुल बजेट १,४२,३६,०००।-( अक्षेरुपी एक करोड बयालिस लाख छत्तीस हजार मात्र) मध्ये चालुतर्फ ५७,३६,००० ।- (सन्ताउन्न लाख छत्तीस हजार मात्र) र पूँजीगत तर्फ ८५,००,००० ।- (अक्षेरुपी पचासी लाख मात्र) बिनियोजन गरिएकोमा २०८१ जेष्ठ मसान्तसम्म ७५ % बढी रकमका योजना पूर्ण रुपमा सम्पन्न गर्न वडा कार्यालय सफल भएको छ भने आर्थिक बर्ष समाप्त हुनु अगावै बाकी कार्यान्वयन भइरहेका योजना सबै सम्पन्न हुनेछन। सडक पुर्बधार निर्माण, सडक बत्ति ब्यबस्थापन, हरियाली प्रबर्द्धन तथा फोहोरमैला ब्यबस्थापन, लक्षित वर्ग कार्यक्रम, सिक्षा तथा खेलकुद जस्ता क्षेत्रमा वडाले उल्लेख्य सफलता हासिल गरेको छ ।
बिकाशका काममा अब्बल साबित भएको वडा कार्यालय सेवाप्रबाहमा समेत चुस्त देखिएको छ आर्थिक बर्ष २०८०/८१ का लागी जेष्ठ मसान्त सम्मको डाटा हेर्दा नागरिकता प्रमाणपत्र , घरबाटो , चारकिल्ला , बिदेश पढ्न जानेहरुको सिफारिस, गरिब जेहेन्दार तथा पिछडिएका क्षेत्रका बिद्धार्थी हरुलाई बिधालय हरुमा छात्रवृत्ति सिफारिस तथा अन्य सिफारिस गरी कुल २१७२ जना वडाबासीलाइ सेवा प्रबाह गरेको छ। त्यस्तै ११ वटा विवाद, मुद्दा लाइ मेलमिलाप गराई समाजमा शान्ति स्थापनाको अपरीहार्यतालाई थप उजागर गरेको छ। वडाबासी ५७५ जनालाई सामाजिक सुरक्षा भत्ता, जन्मदर्ता १२५, बिबाह दर्ता ४४ , मृत्यु दर्ता ४० एबम ६८ घरपरिवार लाइ बसाइसराई जस्ता सेवा प्रबाह भएको देखिन्छ।
यो बाहेक स्वास्थ्य सेवा तर्फ ३२७३ जना सेवाग्राहीले वडा कार्यालय बाटै स्वास्थ्य सेवा लीएका छन भने, भिटामिन कार्यक्रम, दादुरा बिरुद्धको खोप, स्वास्थ्य स्वयम् सेविकाबाट प्रदान गरिएका स्वास्थ्य सेवा , जुकाको औषधि, परिवार नियोजन, स्वास्थ्य परामर्श गरी कुल १०५१५ जना वडाबासीलाइ स्वास्थ्य सेवा प्रबाह गरेको छ ।
वडा स्तरीय बाहेक नगर स्तरीय र संघीय र प्रदेश द्वारा संचालित योजना समेत करिब सत-प्रतिशत कार्य सम्पन्न भइसकेका छन । वडा अध्यक्ष प्रमोद रिजालको यो दोश्रो कार्यकाल भएकाले पनि पहिलो कार्यकालमा पार्न नसकेका र गर्न नसकेका कार्यहरु अहिले धमाधम भइरहेका छन। शिक्षा र खेलकुदलाइ सदैब प्राथामिकता राख्दै स्वस्थ मानिसले मात्र सभ्य समाजको निर्माण गर्न सक्ने भएको हुदा सबै वडाबासी आम नागरिकको पहुचमा हुनेगरी खुल्ला जिम, ब्याडमिन्टन , बास्केटबल, फुटबल, योगा भबन, साइकल पम्प ट्रयाक निर्माण गरिएको वडा अध्यक्ष प्रमोद रिजालले बताए।