कोहलपुर नगरपालिकाको आ. ब २०८१/८२ का लागि १ अर्ब ५ करोडको बजेट

आर्थिक

नेपालगंज असार १० गते। कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ५ करोड ९ लाख २७ हजार बराबरको बजेट प्रस्तुत गरेको छ। नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा सोमबार भएको १५ औं अधिवेशनमा नगर उप-प्रमुख संगिता सुबेदीले सो बजेट प्रस्तुत गरेकी हुन् ।

नेपाल सरकारबाट प्राप्त हुने संघीय समानीकरण अनुदान १८ करोड ९६ लाख, संघीय सशर्त अनुदान ३७ करोड २४ लाख, संघीय समपुरक अनुदान ५५ लाख, संघीय राजश्व बाँडफाँड भई प्राप्त हुने आय १५ करोड ६३ लाख ६९ हजार र प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड १९ लाख ४९ हजार, प्रदेश सशर्त अनुदान १ करोड ७७ लाख ६२ हजार, प्रदेश समपुरक अनुदानको १ करोड ५ लाख, प्रदेश विशेष अनुदान वापतको १० लाख, स्थानीय राजश्व बाँडफाँड प्राप्त हुने अनुमानित १० करोड ५ लाख र नगरपालिकाको आन्तरिक कर तथा गैरकर राजश्व समेत गरी ११ करोड ६१ लख ७२ हजारलाई आधार बनाएर बजेट निर्माण निर्माण गरिएको छ ।

नगर प्रमुख आचार्यले ‘समृद्ध कोहलपुर नगर’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *