अदालतको रेकर्डमा फरार रहेका व्यक्ति संसदमा सहभागी हुँदा पनि पक्राउ नगरेको भन्दै सरकारको आलोचना भएपछि तत्कालीन गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयलाई पक्राउको आदेश दिएका थिए।आदेश नआए पनि फरार व्यक्तिबारे सूचना पाउँदा पक्राउ गर्ने कानुनी दायित्व प्रहरीले पूरा गरेन। आदेशपछि कोइरी भूमिगत भए। प्रहरी उनको खोजिमा रहेको दाबी आए पनि उनी पक्राउ परेका छैनन्।
बुधबार निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको नामावलीमा संघीय संसद्का तीन सय ३१ र प्रदेश सांसद पाँच सय ५० गरी आठ सय ८१ जनाको नाम छ।रवि लामिछाने, अरुण चौधरी र टेकबहादुर गुरुङको नाम भने मतदाता सूचिमा छैन। निष्क्रिय नागरिकताको कारण रविको सांसद पद खारेज भइसकेको छ।
गुरुङ भ्रष्टाचार अभियोगका कारण निलम्बनमा छन्। चौधरी अदालतबाट आगजनीमा ६ महिना कैद पाएको खुलेपछि पक्राउ परेर जेल परेका थिए। तर राष्ट्रपतिबाट कैद माफी पाएपछि उनी कारागार मुक्त भइसकेका छन्।