काठमाडौँ:जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेड (JBLB) ले घोषणा गरेको लाभांशलाई संशोधन गर्दै चुक्ता पूँजीको १४.२८५ प्रतिशत बोनस शेयर र ०.७१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।यसअघि लघुवित्तले २६ प्रतिशत बोनस शेयर र ७.१५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको थियो।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि लघुवित्तले चैत १७ गतेदेखि ३० गतेसम्म शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गर्दैछ। तसर्थ, चैत्र १६ गतेसम्म कारोबार गरी कायम रहेका शेयरधनीहरु लाभांशका लागि योग्य हुनुका साथै साधारण सभामा भाग लिन पाउनेछन्। लघुवित्तले लाभांश प्रस्ताव सहित चैत्र ३० गते मोरङ्ग स्थित केन्द्रिय कार्यालयमा बिहान १०:३० बजे चौथो बार्षिक साधारण सभा डाकेको छ।