गगन पौडेल नेपालगंज: राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखिएका भिबिन्न डाटा हरु एका एक गाएब भएका छन। गत फाल्गुन आन्तिम साता पछि सरकारी सर्भरमा देखिएको समस्याको कारण पत्ता लगाउन नपाउदै डाटा हराएको समाचार बाहिरिएको छ।राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक प्रदिप पौडेल का अनुसार कुन कुन सरकारी कार्यालयका कुन कुन डाटा हराए वा हराएका छैनन भन्ने बारे अहिले नै एकिन गर्न नसकिने तर यो एउटा प्राबिधिक समस्या भएको हुदा डाटा रिकभारिको प्रयास हुदै गरेको बताए।
डाटा हराएपछि सबैभन्दा बढी प्रभावित लोकसेवा आयोग बनेको छ। लोकसेवा आयोग ले तयारी गरिरहेको करिब ८५ हजार बढी परिक्षाथि को परिक्षा प्रभावित हुने देखिन्छ।लोक सेवा आयोगका प्रबक्ता तोयानारायण सुबेधि का अनुसार गत मङ्सिर, पुष र माघमा अनलाइन फारम भरेका हरुको सबै डाटा हराएको हुदा आगामी जेठ १३ देखि सुरुहुने परिक्षा पूर्ण रुपमा प्रभावित भएका छन।
आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘प्रयास जारी रहेको भएतापनि राष्ट्रिय सूचनाप्रविधि केन्द्रबाट कहिलेसम्ममा डाटा रिकभर हुन्छ भन्ने जानकारी आयोगलाई प्राप्त हुन नआएकोले पूर्व प्रकाशित विज्ञापनका परीक्षाहरू सञ्चालन गर्न आयोग वैकल्पिक योजनामा काम गरिरहेको छ।’
राष्ट्रिय सूचना प्रविधि केन्द्रले आफ्नै सेन्टरमा डाटाको ब्याकअप राख्नु पर्ने तथा सरकारले यस्तै भैपरी आउने समस्या लाई मध्यनजर गर्दै डिजास्टर रिकभरी सेन्टर बनाएको भएपनि त्यहाँ कुनै ब्याकअप छैन। डाटा सेन्टर र software खरिद प्रक्रियामा नै चुकेको हुनसक्ने आई टि संग सम्बंदित विज्ञहरुको भनाइ रहेको छ।