गर्मी मौसममा ‘लु’ लाग्नु बाट कसरि बच्ने ?

समाचार

नेपालगंज: केहिदिन एता गर्मी अत्याधिक बढे संगै तराई क्षेत्रमा ‘लु’ को जोखिम धेरै छ। ‘लु’ लाग्न बाट बच्न केहि उपाय हरु अपनाउनु पर्छ

‘लु’ को प्रभावमा पर्न सक्ने बढी जोखिम भएका मानिसहरु

प्रौढ मानिसहरू, दीर्घ रोग भएका बिरामीहरू, घर बाहिर काम गर्ने कामदारहरू।

‘लु’ का लक्षणहरू

टाउको दुख्नु , रिँगटा लाग्नु , वान्ता हुनु, अनुहार पहेँलो हुनु , मुटु छिटो छिटो चल्नु , चिसो पसिना आउनु ,शरीर काम्नु , कोमा, र मृत्यु समेत।

रोकथामका उपायहरू

पहिरन :
खुकुलो हलुका रङको सुतिको लुगा लगाउने ।

पेय पदार्थहरू:
प्रशस्त मात्रामा पानी पिउने । धेरै पसिना नआए पनि प्रत्येक दिन कम्तीमा पनि आठ गिलास (प्रत्येक गिलासमा २५० मीली लिटर) पानी पिउने । घर भित्र बस्दा प्रत्येक एक घण्टामा र घर बाहिर बस्दा प्रत्येक आधा घण्टामा पानी पिउने । मदिरा र अन्य उत्तेजक पेय पदार्थबाट टाढै रहने ।

आवास:
घर भित्र प्रशस्त ताजा हावा आउ जाउ गर्ने व्यवस्थालाई कायम राख्ने ।

यातायात:
घर बाहिर जानु भन्दा पहिला मौसम सम्बन्धी पूर्वानुमानबारे जानकार हुने । अत्यन्त गर्मी हुने चेतावनी दिइएको अवस्थामा सूर्यको किरणमा जान र थकाइ लाग्ने खालको व्यायाम गर्नबाट टाढा रहने । आफ्नो छाता पेय पदार्थ बोक्नुहोस् र घर बाहिर जाँदा फराकिलो किनारा भएको टोपी ओढ्ने । आफ्नो छालाको रक्षा गर्नको लागि प्रत्येक दुई घण्टामा सन स्क्रिन लोसन लगाउने ।

‘लु’ लागेकोमा हेरचाह

१.बिरामीलाई तत्काल ओतमा लैजाने । चिसो बनाउनको लागि पङ्खा वा एयर कण्डीशनर चलाउने
२.शरीर पुछ्नको लागि भिजाएको तौलिया प्रयोग गर्ने ।
३.यदि प्रौढ व्यक्ति होसमा छ भने गुमेको तरल पदार्थलाई प्रतिस्थापन गर्नको लागि तिनीहरूलाई प्रशस्त चिसो पेय पदार्थ दिने ।
४.यदि बिरामी अचेत भएको वा निन्याउरो भएको छ भने जति सक्दो चाँडो बिरामीलाई अस्पतालमा लैजाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *