आगामी वैशाखदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध

समाचार

नेपालगंज: नेपालगन्ज उपमहानगरपालिकाले आउदो नयाँ वर्ष २०८१ वैशाख १ गतेदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ बिक्रि वितरण एबम प्रयोगमा पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ । मेयर प्रशान्त विष्टको अध्यक्षतामा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन बिषयमा बसेको बैठक ले यस्तो निर्णय गरेको हो ।

नयाँ बर्ष सुरु हुदासम्म सुर्तीजन्य पदार्थबाट हुने हानी नोक्सानीबारे विभिन्न माध्यमबाट नगर क्षेत्र भित्र व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिका कार्यालय अन्तर्गतका वडा कार्यालय र नगरभित्रका सम्पूर्ण कार्यालयहरूमा सुर्तीजन्य पदार्थको उपयोग र वितरणमा निषेध गर्ने गरी सचेतनामूलक सूचनापाटी टाँस गर्ने र सुर्तीजन्य पदार्थको उत्पादन र बिक्री वितरण गर्ने निकाय एवम् व्यवसायीको तथ्याङ्क सङ्कलन गर्ने निर्णय बैठक ले गरेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए।

बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *